समाचार

उपप्रधानन्त्रीद्वारा सर्वदलीय बैठक डाकियो , अपराह्न ३ बजे बैठक बस्ने तयारी

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बुधबार अपराह्न ३ बजे लागि बैठक डाकेका हुन् ।

विश्वव्यापी रूप लिइरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ ।

कोरोना संक्रमणविरुद्ध लड्नका लागि सरकारले पूर्णरुपमा तयारी नगरेको भन्दै सडक तथा सदनमा अलोचना भइरहेका बेला उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सर्बदलिय बैठक डाकेका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेता आमन्त्रण गरिएको उपप्रधान तथा रक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।