जनकपुरधाम । महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो ।
बलात्कारमा संलग्न ७ जनामध्ये चार जनालाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जनालाई उनीहरुकै बयानका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका(६ बस्ने २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभात रहेका छन् । पक्राउ परेकासहित ७ जनाले परिक्रमा मेला हेर्न गएका १६ र १७ वर्षीया दुई किशोरीलाई जवरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्न अन्य ३ जनाको खोजी भइरहेको छ।