लुम्बिनी

यसरी भेटियो रापा जंगलमा दुई बोरा सकेट बम

रोल्पा । रोल्पाको थबाङ–३ मिरुल रापा जंगलमा दुई बोरा सकेट बम फेला परेको छ । बम स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिएर सुरक्षित पारेको एक स्थानीयले जानकारी दिए ।

उक्त बमलाई जिल्ला सुरक्षा समितिले बिहीबार बम निस्क्रिय पार्ने योजना बनाएको प्रहरीले जानकारी दिए । बम रहेको स्थानलाई मिरुल रानागाउँको प्रहरी इकाइले नियन्त्रणमा लिएको छ ।