समाचार

बोरा सङ्कलन केन्द्रमा आगलागी, लाखौको सामान जलेर नष्ट

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् ।

आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए । आगलागीले के कति क्षति पु¥याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेका सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ ।