मनोरञ्जन

आँचल र उदिपको विवाहमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं । नायिका आँचल शर्मा र उदिप श्रेष्ठको विवाह सम्पन्न भएको छ । केहि महिना अगाडी मात्र प्रेममा रहेको स्वीकार गरेकी नायिका शर्माले आज श्रेष्ठसँग प्रेम विवाह गरेकी हुन् । 

आँचल नेपाली चलचित्र क्षेत्रकी सफल नायिका भित्र पर्छिन् । उनले नाई नभन्नु ल ४ वाट करियर सुरुवात गरेकी हुन् । उनले एकपछि अर्को फिल्म खेल्दै चर्चामा आएकी हुन् । नायक पल शाहसँग निकै नाम जोडिएकी आँचलले पलसँग पनि थुप्रै फिल्म र भिडियो खेलेकी छन् ।

लामो समय पल र आँचलको प्रेमको हल्लाह चलेपनि उनीहरुले भने कहिले प्रेम स्वीकारेका थिएनन् । तर आँचलले भने डाक्टर उदिप श्रेष्ठसँग आज विवाह गरेकी हुन् ।

 

तस्विर: उदिप श्रेष्ठको फेसबुकवाट