अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्री पनि अब क्वारेन्टाईनमा

एजेन्सी । चीनको बुहान सहरबाट फैलिएको कोरोना भाईरसले यतीवेला १ सय २६ मुलुकका व्यक्तिलाई संक्रमीत बनाएको छ । यस्तै कोरोना भाईरसको संक्रमण विभिन्न मुलुकका स्वास्थ्य सेवाका चीकित्सकदेखी सांसद, नेता लगाएत विशिष्ट व्यक्तिहरुलाई पनि छोएको छ ।

यस्तै क्यानेडा पनि प्रधानमन्त्रीकी पत्नीलाई कोरोना भाईरसको पुष्टि भएको समाचार आएको छ । क्यानडाको प्रधानमन्त्री जस्टिन टुडोकी पत्नी सोफी टुडोलाई कोरोना संक्रमणको पुष्टि भएको बीबीसीले जनाएको छ ।

पत्नीलाई कोरोनाको संक्रमण भएपनी प्रधानमन्त्री टुडोमा भने संक्रमण देखीएको छैन । आफुलाई कोरोना भाईरस नदेखीएपनि प्रधानमन्त्री आफ्नी पत्नीसंग १४ दिनसम्म क्वारेन्टाईनमा बस्ने भएका छन् ।

क्वारेन्टाईनमा रेहेपनी प्रधानमन्त्री टुडोले आफ्नो नियमीत कार्यमा कुनै असर नपर्ने बताएका छन् । उनले क्वारेन्टाईबाट आफ्ना नियमीत कार्य गर्ने बताईएको छ । यसै सन्दर्भमा आज प्रधानमन्त्री टुडोले आफ्ना नागरिकलाई सम्बोधन गर्ने बताईएको छ ।