समाचार

अत्यधिक मदिरा सेवनले धनुषामा लग्यो ५ को ज्यानः एकको अवस्था गम्भिर

जनकपुरधाम । अत्यधीक मदिरा सेवनका कारण धनुषमा ५ जनाको मृत्यु भएको छ । घरेलु मदिरा सेवनका कारण बुधबार ३ जनाको मृत्यु भएको र हिजो (बिहिबार) थप २ जनाको मृत्यु भएपछी मुत्यु हुनेको सङख्या ५ पुगेको हो ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालीका २ रमदैयामा यस्तो घटना घटेको हो । साथै एक जनाको अवस्था चिन्ता जनक रहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरुमा ३५ बर्षका ब्रम्हदेव यादव, ४० वर्षका विलास मण्डल, ६५ वर्षका गुद्रि महरा, ३६ वर्षका रामनारायण महरा र ३० वर्षीया राजु महरा रहेका छन् ।

पहिले कालगतीले मृत्यु भएको आसंका गरिएपनी अनुसन्धान गर्दा अत्यधीक मदिराका कारण मृत्यु भएको अनुसन्धानाट खुल्न आएको हो ।

साथै मृतकहरुको शरिरलाई पोष्र्टमाटमका लागि प्रादेशीक अस्पताल जनकपुरधाममा पठाईएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

गम्भीर अवस्थामा रहेका २७ वर्षका ईनरजीत महरालाई घोपा क्याम्प धरान पठाईएको छ ।