काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले काँग्रेसको अनुशासन आयोगको बारेमा बोलेका छन् । उनले आफ्नो फोसबुकमा लेख्दै राजनीतिमा प्रमाणको कुरा नगर्ने हो भने केस बैठकले आममाफीको निर्णय गरोस् भन्दै बोलेका हुन् । अनुशासन आयोगका बिषयमा आएको काँग्रेसको बिबादका बिषयमा अनुशासन आयोगका सदस्य समेत रहेका गुरुगंले बोल्नु महत्वपूर्ण छ ।
उनको स्टाटस्ः नेका केन्द्रीय अनुशासन समितिको आफ्नै कार्यविधी र न्याय सम्पादन गर्ने पद्वति छ। नेतृत्वको निर्देशनमा कसैलाई कारबाही वा उन्मुक्ति दिने गरिंदैन। प्रमाणले जे वोल्छ, त्यहि गरिन्छ। कुनै नेताको निर्देशन प्रमाण होइन। राजनीतिमा प्रमाणको कुरा नगर्ने हो भने केस बैठकले आममाफीको निर्णय गरोस्।