एजेन्सी । चीनको बुहानबाट फैलीएको प्राण घातक भाईरस कोरोनाको संत्रास विश्वभर फैलिएको छ । चीन बाहेक अन्य मुलुकमा हजारौंको ज्यान लिएको कोरोनाले लाखौंलाई संक्रमीत बनाएको छ ।
मुलुकका विभिन्न सय वढि मुलुकमा तिब्र गतिमा फैलदै गएको यो भाईरसले सबै मुलुकलाई चिन्तीत बनाएको छ । अमेरिका जस्तो शक्तिसाली मुलुकमा पनि कोरोनाका कारण ४० जनाको मृत्यु भईसकेको छ ।
मृत्यु र संक्रमीतको सङख्या बढ्न थालेपछी अमेरिकामा संकटकाल घोषणा गरिएको छ । कोरोना भाईरसको त्रासका कारण र धेरै नफैलियोस भनेर अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको हो ।
राष्ट्रपति ट्रम्पले शुक्रबार यस्तो घोषणा गरेका हुन् । कोरोनाको त्रासबाट मुक्त हुन ठूलै कदम उठाउनुपर्ने सल्लाहअनुसार उनले यस्तो घोषणा गरेको बताएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाको कारण ४० भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
शुक्रबार ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै यसको आधिकारिक घोषणा गर्दै ट्रम्पले भने, ‘जो मानिस यो रोगबाट लडिरहेका छन्, उनीहरुले प्रशंसायोग्य काम गरिरहेका छन् ।
’आफ्नो सम्बोधनमा उनले राज्यहरुलाई कोरोनाबाट लड्न ५० अरब डलर दिने घोषणा गरेका छन् । ट्रम्पलाई उनका सल्लाहकारहरुले कोरोनाबाट समयमै मुक्त हुन नसके १५ करोडभन्दा बढी अमेरिकन प्रभावित हुने बताएका थिए ।