काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले स्वास्थ्मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रती आक्रोस व्यक्त गरेका छन् । केही दिन अगाडी स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमीत सबैलाई क्वारेन्टाईनमा राख्न नसकिने भन्दै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने बताएका थिए ।
सोहि अभिव्यक्ति लाई लिएर संग्रौलाले नालायक स्वास्थ्यमन्त्रालय र रकमभक्षि स्वास्थ्यमन्त्री किन चाहियो भन्दै आक्रोस युक्त प्रश्न गरेका छन् । साथै मन्त्री ढकालले कोरोनाको संक्रमण पुष्टि भएपछि मात्रै सरकारले जिम्मा लिने प्रतिक्रिया जनाएका थिए ।
ढकालले चीन जस्तो अन्य मुलुकबाट नेपाली फर्काउन नसकिने समेत बताएका थिए । उनको सोहि अभिव्यक्तिप्रति साहित्यकार संग्रौलाले आक्रोस पोखेका हुन् ।
स्वास्थ्य मन्त्री ढकालले संक्रमीत भए आफै एकान्तमा बस्नु भनेको अभिव्यक्ति प्रति आक्रोस पोख्दै संग्रौलाले जनताको स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउन नसक्ने दायित्त्वच्यूत सरकारै किन चाहियो भन्दै प्रश्न गरेका छन् ।
उनको ट्वीटः ठीकै स्वस्थ स्वास्थ्यमन्त्रीले कोरोना संक्रमित भए आँफै एकान्त वासमा बस भनी देशवासीलाई दिव्योपदेश प्रदान गरेछन् । भन्देखिन् नालायक स्वास्थ्य मन्त्रालय र रकमभक्षी स्वास्थ्यमन्त्री किन चाहियो ? दायित्त्वच्यूत सरकारै किन चाहियो ?