एजेन्सी । प्राण घातक भाईरस कोरोनाले भारतमा फेरी एक जनाको ज्यान लिएको छ ।
भारतको केन्द्रिय राजधानी दिल्लीमा एक महिलाको मृत्यु भएसंगै भाईरसका कारण ज्यान गुमाउनेको सङख्या भारतमा दुई पुगेको छ ।
शुक्रबारमात्रै दिल्लामा ६९ बर्षीया ति महिलाको मृत्यु भएको दिल्लाी सरकार र स्वास्थ्य मन्त्रालयलाई उदृतगर्दै समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
साथै उक्त मृत्यु हुने महिलाको छोरामा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ ।