काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले छिमेमी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको भन्दै नेपाल सरकार यस्मा गम्भिर बन्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले खुल्ला सिमाना भएको छिमेकी देश भारतमा कोरोनाको त्रास फैलिँदा नेपालमा बिद्यालयहरु केही दिन, हप्ता वा महिना बन्द गर्न किन हेलचक्रयाई गरेको भन्दै प्रश्न गरेका हुन् ।
साथै उनले छोरोछोरीको जीवन प्रमुख कि परिक्षा भन्दै प्रश्न गरेका छन् । उनले नेपाल सरकारको बालबालिकाको जीवनमा लापरबाहि गरेको भन्दै केहिदिन परिक्षा पर सार्दा के आकाश खस्छ भन्दै कडा प्रश्न गरेका छन् । यस तर्फ वर्तमान ओली सरकारको ध्यान जान जरुरी रहेको उनले बताएका छन् ।
उनको ट्वीटः कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन, हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?