अन्तर्राष्ट्रिय

कसैलाई छोडेन कोरोनालेः स्पेनिस प्रधानमन्त्री पत्नीमा पनि देखियो संक्रमण, अवस्था सामान्य

काठमाडौं । चीनबाट फैलिएको भाईरस कोरोनाले ५ हजार वढिको ज्यान लिईसकेको छ ।  यस्को कहरबाट कोहिपनी उम्कन पाएका छैनन् । सर्वसाधारण जनता देखी नेता, प्रधानमन्त्री, चिकित्सक लगाएत सबैलाई संक्रमीत बनाएको छ । चीनबाट सुरु भएको यो भाइरस आजसम्म आईपुग्दा सय वढी देशमा तिब्र गतिमा फैलिरहेको छ ।

यस्तै स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ ।

सरकारले सार्वजनिक गरेको रिपोर्टका अनुसार स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरस फेला परेको हो । कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेका अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जनाएका छन् । छिन् ।

स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो । त्यसक्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको थियो । युरोपमा इटालीपछि स्पेन कोरोना भाइरसले संक्रमित दोस्रो ठूलो देश हो ।

स्पेनमा शनिबार साँझसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु हुनुका साथै ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनिस सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।