काठमाडौं । पुर्वमन्त्री तथा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका प्रभावशली नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली नेतृत्वको सरकारले लुटतन्त्र मच्याउने विचौलियाको संरक्षण गरेको बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिशवको अबसरमा सामाजिक सञ्जाल ट्वीट मार्फत शुभकामना दिँदै नेता केसीले स्वतन्त्र बजारका नाममा गुणस्तरहिन तथा छाडा बजार, छनोटको असुविधा, बासी, सडेगलेका, मिसावट, तथा विषदियुक्त, प्रदुषित र अस्वस्थकर खाद्य र पानीले मानव जीवन आक्रान्त भईरहेको अवस्थामा यो दिवशले केही अर्थ राख्ने बताए ।
उपभोक्ता सरोकारलाई समेट्दै, संविधानसहित करिब ३५ वटा कानुनहरू हाल कार्यान्वयनमा भइसकेपनि सरकार उपभोक्ताको सरोकारमा गम्भीर बन्न नसकेको आरोप लगाए ।
वर्तमान ओली सरकारले आपूर्तिव्यवस्था मा संविधान र कानुन मिच्दै भ्रष्ट कालाबजारीहरू को साम्राज्यको सहायक बनेको भन्दै यसमा सरकारको आमुल सुधार होस् भनि केसीले शुभकामना व्यक्त गरेका छन् ।
उनको ट्वीटः भोलि मार्च १५ (चैत २ गते) विश्व उपभोक्ता अधिकार दिवस गुणस्तरहिन बजार,छनोटको असुविधा,बासी, सडेगलेको, विषादियुक्त, प्रदूषित खाद्य र पानीले हाम्रोजीवन आक्रान्तछ । आपूर्तिव्यवस्था मा संविधान र कानुन मिच्दै भ्रष्ट कालाबजारीहरू को साम्राज्यको सहायक बनेकोछ सरकार ! आमूल सुधार को हार्दिक शुभकामना ।






