एजेन्सी । नेपालको छिमेकि मुलुक भारतमा कोरोना भाईरस कोभिड १९ तिबै गतिमा फैलिरहेको छ । चीनको सुरु भएको भाईरसले यतिबेला सय बढी मुलुकका नागरिकलाई संक्रमीत बनाएको छ । भारतमा कोरोनाबाट संक्रमीत हुनेहरुको सङख्या १०१ पुगेको छ ।
छिमेकी मुलुकमा यसरी भाईरसको सङख्या तिबै बढ्दै जाँदा नेपालमा झनै उच्च जोखिए निम्तिएको छ । खुल्ला सिमा नाका र नेपाल सरकारको विभिन्न नाकामा सुरक्षा फितलो जस्को कारण भारतिय नाका नजिकका नेपाली त्रसित बनेका छन् ।
भारतको महाराष्ट्रमा गएराति थप ५ जनामा कोरोना पोजेटिभ देखिएपछि भारतमा कोरोना संक्रमितको संख्या ९६ बाट बढेर १०१ पुगेको हो । भारतमा कोरोनाबाट हालसम्म दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको खतरालाई ध्यानमा राख्दै केन्द्रीय सरकारले कोभिड (१९ लाई राष्ट्रिय विपत्ती घोषणा गरेको आजतकले जनाएको छ ।
यसैबीच, भारतको केन्द्र सरकारले कोरोना संक्रमण विदेशबाट आउन रोक्नका लागि पाँच छिमेकी देशहरूको सीमा सिल गर्न आदेश दिएको छ । आदेशअुनसार नेपाल, बंगलादेश, भुटान र म्यानमारको सीमा सिल गरिएको छ । यो १४ मार्च १२ बजे लागू भएको छ । पाकिस्तानसँगको सिमाना भने मार्च १५ राति १२ बजेदेखि बन्द हुने छ।