शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र नेपाली सेनाबीच सम्झौता

काठमाडौं नेपाली सेनामाDiploma in Mechanical र Diploma in Automobile Engineering ९कोटा ४८र४८० संचालनको लागि नेपाली सेना र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९ऋत्भ्ख्त्० का सदस्य सचिव डा। पुष्प रमण वाग्ले र नेपाली सेनाको तर्फबाट विद्युत तथा यान्त्रिक निर्देशनालयका प्राविधिक सहायक रथी भोलानाथ बुढाथोकीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन( २०७५ को लक्ष्य नं. ५ मा उल्लेख भए बमोजिम नेपाली सेनामा कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्य क्षमता वृद्धि गर्ने उद्देश्य अनुरुप श्री प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(CTEVT) बाट सम्वन्धन प्राप्त भए पश्चात उक्त शैक्षिक कार्यक्रम भक्तपुर खरिपाटीस्थित नेपाली सेनाको श्री विद्युत तथा यान्त्रिक शिक्षालयमा संचालन गरिने छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) सानोठिमी भक्तपुरमा आयोजित उक्त समझदारी पत्र (MoU) हस्ताक्षर कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, व्यावसायिक तालिम परिषद (CTEVT) का सदस्य सचिव तथा अन्य पदाधिकारीहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

नेपाली सेनामा पहिलो पटक संचालन भएको यस प्रकारको शैक्षिक कार्यक्रमले मध्यम स्तरको दक्ष प्राविधिक जनशक्तिको उत्पादन भई नेपाली सेना तथा समग्र राष्ट्रको प्राविधिक जनशक्तिको आवश्यकता पूर्ति हुनुको साथै नेपाल सरकारको ूसमृद्ध नेपाल सुखी नेपालीू को अवधारणामा समेत थप टेवा पुग्ने विश्वोस नेपाली सेनाले लिएको छ ।