काठमाडौं । एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड फिक्का लाग्छ सार्वजनिक भएको छ । अमेरिका निवासी जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवन लाई चर्चित मोडल छिरिङ शेर्पाले साथ् दिएकी छिन ।
गीतमा शब्द ,संगीत मनिष श्रेष्ठको रहेको छ । मेलिना राई र मनिष श्रेष्ठको आवाज रहेको यस गीतको भिडियो लाई चक्र बराल (बाशु) ले छायांकन र शिलन लम्सालले सम्पादन गरका हुन ।
गीतलाई परिकल्पना तथा स्क्रिप्ट कन्सेप्ट भने बिशेष पन्तले गरेका हुन् । भिडियोको परिकल्पना गरेका बिशेषले गीत उत्कृष्ट बनेकोमा खुसि ब्यक्त गरे । गीतलाई मनिष श्रेष्ठले कोरियोग्राफी गरेका हुन ।
करिब ३ दर्जन गीतहरुमा आफ्नो अवाज भरिसकेका गायक मनिष श्रेष्ट भर्षटाईल सिङ्गरको रुपमा चर्चित छन । यस गीतबाट गायक श्रेष्ठले सांगितक आकाशमा नयाँ फड्को मार्नेमा उनि ढुक्क रहेका छन ।
महादेव त्रीपाठीको बिशेष सहयोग निर्माण भएको यस गीतमा राजेन्द्र गिरि (गुन्द्रुके) तथा समनराज र महादेव त्रिपाठीको पनि प्रमुख अभिनय रहेको छ ।भिडियोको प्रोडक्सन डिजाईनर भने राजेन्द्र गिरि (गुन्द्रुके) र समान राजले गरेका हुन ।
करिब १२ बर्ष देखि अमेरिकामा रहेर मोडलिंग र आफ्नो पढाईलाई निरन्तरता दिईरहेका जीवनले यु एस मा बसेतापनि हरबखत कलाकारितामा रुची राखेका जीवन अमेरिकामा पनि सफल कलाकारको रुपमा चर्चित छन ।