एजेन्सी । रूसको संवैधानिक अदालतले सोमबार राष्ट्रपति भ्लादिमिर पूटिनद्वारा प्रस्ताव गरिएको सुधारको संशोधन प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै पूटिनको सुधार प्रस्ताव रूसको आधारभूत कानून बनेको छ ।
नयाँ कानूनी व्यवस्था अनुसार अब राष्ट्रपति पूटिनले आगामी दुई कार्यकाल रूसको कार्यकारी पदमा रहेर नेतृत्व गर्न पाउने आधार खडा भएको छ ।
संवैधानिक अदालतले आदेशलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ भने आदेशको एक प्रति तत्काल राष्ट्रपति पूटिनलाई पठाएको रूसी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ व्यवस्थासँगै पूटिने आगामी सन् २०३६ सम्म सत्तामा रहन पाउने कानूनी बाटो पनि खुला भएको छ ।