काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थसहित विभिन्न स्थानबाट १२ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार कानूनी कारवाही बढाईएको छ ।
पक्राउ परेकाहरु जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका वडा नं. ५ ठेगाना भएका वर्ष २५ को सरोज पौडेल, जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. ४ ठेगाना भएकी वर्ष २२ की उर्मिला तामाङ्, जिल्ला धादिङ् निलकण्ठ नगरपालिका वडा नं. १ ठेगाना भएका वर्ष २९ को राज कुमार गुरुङ् र जिल्ला महोत्तरी, मटिहानी नगरपालिका वडा नं. ८ ठेगाना भएका बस्ने वर्ष ३८ को ईमतियाज नदाफ पक्राउ परेका हुन् ।
उनीहरुलाई फागुन २० गते काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजुबाट पक्राउ गरेको थियो । उनीहरुवाट लागू औषध तथा मनोद्विपक पदार्थ बुप्रेनोर्फिन ३९६ एम्पुल, डाईजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित बरामत गरेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरि निजहरू उपर लागू औषध ऐन,२०३३ (संसोधन सहित) बमोजिम कानुनी कारवाही अघि बढाईएको छ ।