काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बुधबार सचिवालय बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी गराएका थिए ।
उक्त बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले एइईई परीक्षा रोक्ने निर्णय गरेको जानकारी दिए । परीक्षा कहिले हुने भन्नेमा भने सरकारले केही बताएको छैन । परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने तयारीमा थिए ।
बोर्डले सबै तयारी पुरा गरेको यस्तो निकालेको थियो बिज्ञप्ती