सूचना प्रविधि

एनसेलको युवा लक्षित ‘सही यो ! पावर सिम’

काठमाडौं । नेपाली युवाले अब उनीहरूकै लागि विषेश रूपमा तयार गरिएको एनसेलको नयाँ सिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता हुन् । यसबाहेक ग्राहकले बोनसका रूपमागेमिङ रम्युजिक कोमजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

ग्राहकहरूले करसहितमात्र ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमति पत्रवा राहदानी, पासपोर्ट साइजको एक प्रतिफोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।