बाग्मती

वाग्मती प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य

हेटौँडा । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा–२ अनुसार प्रदेशसभाको चालु पाँचौं अधिवेशन बैठक आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन्  ।

वाग्मती प्रदेशमन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख प्रसाईँले अधिवेशन अन्त्य गरिएको सूचना सभामुख सानुकुमार श्रेष्ठलाई पठाएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।