आर्थिक

सन्राइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

काठमाडौँ, ६ चैत । सन्राइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रा.लि. बीच सम्झौता भएको छ । यस सम्झौता अन्र्तगत सन्राइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतिय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य राखीे २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । यस योजनाले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ रहेको छ ।