अन्तर्राष्ट्रिय

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार वढीः उपचारपछि ९१ हजार मानिस स्वस्थ (अपडेट)

काठमाडौं । चीनबाट फैलिएको भाईरस (कोभिड १९ ) कारोनाले यतिबेला विश्वमा बिकराल रुप लिएको छ । चीनमा विस्तारै यसको त्रास कम हुँदै गएपनि अन्य मुलुकमा आतंक मच्याएको छ । प्रत्यक दिन मृत्यु हुने र संक्रमीतको संख्या बढ्दै गएको छ ।

कोरोनाका कारण आज बिहानसम्म ११ हजार बढिले ज्यान गुमाएका छन् । ११ हजार ३ सय ९८ जना मानिसले ज्यान गुमाइसकेको वर्ल्डमिटर इन्फोले संकलन गरेको लाइभ तथ्याङ्कमा उल्लेख रहेको छ । भने आज बिहान ८ बजेसम्म विश्वभर १ लाख ७२ हजार ६ सय २९ जना मानिसमा कोरोनाको संक्रमण बाँकी छ । यीमध्ये ७ हजार ७ सय ६५ जना मानिसको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण इटालीमा थप ६ सय २७ जनाको मृत्यु भएको छ । यससँगै उक्त मुलुकमा कोरोनाबाट मर्नेको संख्या ४ हजार ३२ पुगेको छ।
कोरोनाको उद्गम मानिएको चीनमा थप ७ जनाको ज्यान गएको छ । त्यहाँ कूल ३ हजार २ सय ५५ जनाले यसैका कारण ज्यान गुमाए।

इरानमा मर्नेको संख्या १ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो समय १ सय ४९ जनाको मृत्यु भयो । अमेरिकामा थप ५६ जनाको मृत्यु हुँदा मर्नेको संख्या २ सय ६३ पुगेको छ । फ्रान्समा थप ७६ जनाको मृत्यु हुँदा मर्नेको संख्या ४ सय ५० पुगेको छ ।

स्पेनमा २ सय ६२ जना थपिएपछि मृत्यु हुनेको संख्या १ हजार ९२ पुगेको छ । यस्तै कोभिड १९ को प्रकोपबाट आज बिहानसम्म २ लाख ७५ हजार ९ सय ३९ जना मानिस प्रभावित भएका छन् ।

प्रभावित भएकामध्ये ९१ हजार ९ सय १२ जना उपचार पछि स्वस्थ भएका छन् । सबैभन्दा धेरै उपचारपछि ठीक हुनेमा चिनियाँ रहेका छन् । त्यहाँ ७१ हजार ७ सय ४० जना उपचारपछि निरोगी भएका छन्।