काठमाडौं । काठमाडौंमा आज विभिन्न स्थानबाट खाना पकाउने ग्याँस बिक्री हुँदैछ । नेपाल आयल निगम र ग्याँस उद्योगसंघको सहकार्यमा आजदेखी काठमाडौं पत्यकाका विभिन्न स्थानमा बिक्रीकेन्द्र सञ्चालनमा आउने भएको हो ।
काठमाडौंमा खाना पकाउने ग्यासको आपुर्तिमा समस्या आएपछि यस्तो कदम चालिएको हो । काठमाडौं उपत्यकामा यतिबेला कोरोना भाईरसको आतंकमा कालोबजारी गर्ने व्यापारी्हरुको बिगबिगी बढेको छ । पछिल्लो समय आयल निगमले पहिलेको तुलनामा धेरै आउने गरेको बताईरहँदा काठमाडौं उपत्यकामा भने खाना पकाउने ग्यासको अभाव देखिएको छ ।
व्यापरीहरुको कालो बजारीदेखी उपभोक्ताले आवस्यकता भन्दा धेरै सिलिण्डर थुपार्ने गरेको कारण यस्तो समस्या आयको छ । यस्तो समस्या समाधानका लागि नेपाल आयल निगम र ग्याँस उद्योग संघले आज काठमाडौंका विभिन्न २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको जनाएको छ ।
नेपाल आयल निगमका अनुसार नेपाल र तारा ग्यासले बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन।एस स्टोरबाट ग्यास बिक्री गर्नेछन् । यस्तै सागर र चण्डी ग्यासले जडीबुटी बिक्री डिपोबाट तथा एसटीसी ग्यासले कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबाट ग्यास बिक्री गर्नेछन् ।
ओम ग्यासले थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट, बाबा, श्री र लुम्बिनी ग्यासले कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडि ग्याच बेच्ने जनाएका छन् । एचपी ग्यासले असिम किचेन एण्ड सप्लायर्स, सिद्धार्थले इमाडोलको केसी एलपी सप्लायर्स, श्रीमाया ग्यासले सतुङ्गलको डिपो र लोकप्रियले नैकापको भाञ्जा ट्रेडर्सबाट ग्यास बिक्री गर्नेछन् ।
यस्तै राजधानी ग्यासले सीतापाइलामा रहेको डिपोबाट, सूर्य ग्यासले जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट, गीता ग्यासले धुम्बाराहीको टोयटा शो रुम अगाडिबाट, हिमाल ग्यासले भगवती वहालको प्रयास ट्रेडर्सबाट ग्यास बेन्चे नेपाल आयल निगमले जनाएको छ ।
यस्तै नमस्ते ग्यासले कागेश्वरी मनहराको कुमार स्टोरबाट, भानु ग्यासले गोङ्गबुको लिला ग्यास डिपोबाट, एभरेस्ट र सुगम ग्यासले सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट, श्रीराम ग्यासले हरिसिद्ध ललितपुरको श्रीराम ग्यास तथा मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट ग्यासको अतिरिक्त बिक्री गर्नेछन् ।
साथै अहिले ग्यासको आयात पर्याप्त रहेकोले आवश्यकताभन्दा धेरै ग्याँस सञ्चित नगर्न पनि नेपाल आयल निमगले आग्रह गरेको छ । यसैबीच ग्यासको माग बढेपछि नेपाल आयल निगमले थप १५ हजार टन ग्यास माग गरेको जनाएको छ ।






