काठमाडौं । चीनको बुहान सहरबाट फैलिएको प्राणघातक कोभिड १९ कोरोना भाईरसले यतिबेला बिश्वलाई आतंकित बनाएको छ । कोरोनाको चपेटामा चीन पछि ईटली परेको छ । जहाँ मृत्यु हुने र संक्रमीतको संख्या तिबैगतीमा फैलिरहेको छ । कोरोनाको कारण ईटलिको अवस्था कहालीलाग्दो भएको छ ।
एकैदिनमा सयौंको संख्यामा मानिसहरुको ज्यान लिईरहेको छ । शनिबार मात्रै ईटलीमा कोरोनाको कारण ७ सय ९३ को मृत्यु भएको छ । यो ईटलिमा अहिले सम्मको एकै दिन भएको उच्च मृत्युदर हो ।
वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।
यस्तै बिगत २४ घण्टामा मात्रै ईटलीमा ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपायहरू अघि सारेको छ ।
शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ । भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ । भने आजसम्म विश्वभरी कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ हजार गाघिसकेको छ । भने १ सय ८८ मुलुकलाई प्रभावित पारेको छ ।