सामाजिक सञ्जाल

संग्रौलाको जिज्ञासाः पुरै परिवार एउटा कोठामा बस्ने जनता कसरी सरकारको आदेश पालना गर्न सक्लान्

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले कोरोना माहामारीबाट बच्न सरकारले दिएको आदेशको आलोचना गरेका छन् । सरकारले नागरिकलाई घरमा एक्लै बस्न र घरकै क्वारेन्टाईनमा चारफिटको दुरीमा बस्यो भने संक्रमणबाट बच्न सकिन्छ भनेर दिएको आदेशप्रति आलोचना गरेका छन् ।

उनले नेपाल जस्तो गरिब देश जहाँ सिंगै परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता रहेको अवस्थामा जनताले सरकारको यो आदेश कसरी पालना गर्न सक्छन् भन्दै प्रश्न गरेका छन् । उनले अगाडी आफ्नो ट्वीटमा लेखेका छन्ः यस्तो लाग्छ मानौं यी हावा उपदेश अर्कै ग्रहका जीव हुन् ।

यस्तै आज पनि कयौं नेपाली गरिबीको रेखामुनी छन् जो सबै परिवारले एउटै कोठामा जीवन गुजारा गरिरहेका छन् यस्तो अवस्थामा सरकारले यस्तो आदेश दिनु अल्ली सान्र्दभिक पनि देखिँदैन ।

उनको ट्वीटः घरमा अलक्कै बस,घरमै क्वारेनटाइनमा बस, चार फिटको दुरीमा बस – यी हुन् कोरोनाबाट वच्न सरकारले आम मानिसलाई दिएका दिव्य उपदेश । अगणित श्रमिक र गरिबको सिङ्गै परिवार एउटै कोठामा बस्छ । त्यसले यी दिव्य उपदेशको पालन कसरी गरोस् ? यस्तो लाग्छ मानौँ यी हावा उपदेशक अर्कै ग्रहका जीव हुन् !