सामाजिक सञ्जाल

कोरोना रोकथामका लागि साँसदहरुले कम्तीमा एकमहिनाको तलव सहयोग गरौंः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले साँसदहरुको एकमहिनाको तलब बापतको रकम कोरोना नियन्त्रणमा खर्च गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ। हिजो बसेको मन्त्रीपरिषद बैठकले कारोना रोकथाम कोषमा जम्मा गर्नेगरी एकमहिनाको मन्त्रीहरुको तलव बापतको रकम दिने निर्णय गरेको थियो । बिश्वभर झण्डै १५ हजार मानिसको मृत्यु भईसकेको छ भने साढे तीन लाखको हाराहारीमा प्रभाबित बनाएके छ । नेपाललाई लक डाउन गर्नुपर्ने माग बिश्वस्वास्थ्य संगठनले गरेको छ भने हिजो कै मन्त्रीपरिषद बैठकले चीन र भारतका नाका भने बन्द गरिसकेको छ ।

उनको स्टाटस्ः सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं।जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।
संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस्।