अन्तर्राष्ट्रिय

कोरोनाका कारण भारतमा मृत्य हुनेको संख्या ११ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या वढिरहेको छ । कोरोनाको कारण आज सम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

भारतको तमिलनाडु राज्यमा कोरोना भाइरसको संक्रमणबाट पहिलोपटक एक जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाबाट मर्नेको संख्या ११ जना पुगेको छ।

तमिलनाडुको मदुराईका ५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो। राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्यमन्त्री सी विजयबास्करले जानकारी दिएको पिटिआईले जनाएको छ ।

ती व्यक्ति अनियन्त्रित मधुमेह र उच्च रक्तचापका रोगी थिए । तमिलनाडुमा मंगलबार सम्म कोरोनाबाट १८ जना संक्रमित छन् ।