काठमाडौं । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएपछि आगामी दिन देशमा अझै भयावह महामारीको डढेलोा सल्किन सक्ने हुँदा सचेत रहन आग्रह गरेका छन् ।
लकडाउन र क्वारनटाइन कडाइसंग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गर्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् । एउटै झिल्कोले डढेलो लगाउनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
डा बाबुराम भट्टराईको स्टाटस्: एउटै झिल्कोले डढेलो लगाउन सक्छ भनिन्छ! अब देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएपछि आगामी दिन देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ ! अतः लकडाउन र क्वारनटाइन कडाइसंग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौं !