काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्व अध्यक्ष उदय सम्शेर राणाले सरकारले आफ्नो गति र मति सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त नेता उदयले कोरोना संक्रमण सबैतिर फैलन नदिन लकडाउ बैशाख ३ गतेसम्म लम्बिएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारले पनि गती र मति दुबै सुधार्न जरुरी रहेको बताए ।
उनले स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता, कोरोना परिक्षणको दायरा र गति विस्तार सङ्गै राहत कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्शण गराएका छन् ।
उनको ट्वीटः लकडाउन बैसाख ३ सम्म लम्बिएको छ, हामी घरमै बसेर सरकारलाई सहयोग गरौं । सरकारले पनि आफ्नो कामको गति र मतिमा सुधार गरोस् । स्वास्थ्यकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता, कोरोना परिक्षणको दायरा र गति विस्तारसङ्गै राहत कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइयोस @PM_Nepal