समाचार

ओली र मोदीबीच टेलिफोन वार्ताः महामारी बिरुद्ध संयुक्त रुपमा लड्ने सहमती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन सम्बाद भएको छ । दुबैदेशका प्रधानमन्त्रीहरु बिश्वमा आएको माहामारीबाट बच्न दुबै देश शसक्त भएर अगाडी बढ्ने सहमती भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । दुबैबीचमा एकअर्का मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको समेत बताईएको छ । दुबै प्रधानमन्त्रीबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल हुनुका साथै भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएको बताईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरे अनुसारः

आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @Narendramodi
टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।

आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ @PMO_india