प्रवास

भारतमा कोरोना संक्रमीत नेपालीको संख्या १२ पुग्योः एकै परिवारका ८ जना संक्रमीत

काठमाडौं । चीनको उहान सहरबट फैलिएको प्राणतक कोरोना भाईरसले यतिबेला विश्वलाई आतंकित पारेको छ । मृत्यु हुनेको संख्या पनि एक लाख नाघि सकेको छ ।

भने बाहिरी मुलुकमा हुने नेपालीहरु पनि प्रभावित भए्का छन् । कयौंको मृत्यु पनि भएको छ । यस्तै भारतमा कोरोनाबाट संक्रमीत हुने नेपालीको संख्या १२ पुगेको छ । एकै परिवारमा ८ जनामा संक्रमण देखिएपछि संक्रमीतको संख्या १२ पुगेको हो ।

मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा कोभिड–१९ को संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एकै परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमती र चार बालबालिकामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ। केही आइसोलेसनमा छन् ।

तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

अहिलेसम्म विश्वभर करिब दुई हजार नेपाली कारोना संक्रमित भइसकेका अनुमान गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले गरेको छ । अमेरिका, स्पेन लगायतका देशमा धेरै नेपाली संक्रमित छन् ।