चैत्र २९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले राहत वितरणका क्रममा दलको चस्मा नलगाई निष्पक्ष वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटमार्फत नेता पौडेलले देशभरि मजदुर र बिपन्न समुदायलाई राहत नपुगेको र वितरण भएका केही ठाउँहरूमा भेदभाव भएको गुनासो सुनियोएको तर्फ आपत्ति जनाउँदै निस्चित मापदण्ड तय गरेर लक्षित समुदाय लाभान्वित हुने गरि राहत वितरण गर्न आग्ह गरेका छन् । साथै विपन्नलाई राहत दिउ भन्ने सरकारको सुचना कायकर्तामा मात्र सिमीत हुन नहुनेका जोड दिएका छन् ।
कोरोना माहामारीको चपेटामा परेका विपन्न वर्गहलाई राहत वितरणमा चरम लापरबाहि र भ्रष्टाचार भईरहेको खबरहरु आईरहेका छन् । साथै नेता पौंडेलले कोरोना संकटको यो घडिमा राहतमा भेदभाव गर्दै मानवियता माथि खेलवाड गर्नु उचित नहुने बताए ।
उनको ट्वीटः मानवियता माथि खेलवाड गर्नु उचित होइन । देशभरि मजदुर र बिपन्न समुदायलाई राहत पुगेको छैन वितरण भएका केही ठाउँहरूमा भेदभाव भएको गुनासो सुनियो निस्चित मापदण्ड तय गरेर लक्षित समुदाय लाभान्वित हुने गरि गरौ बितरणको सुचना कार्यकर्तामा सिमित नहोस।दलको चस्मा लगाएर होइन निष्पक्षता कायम गरौं ।