राजनीति

प्रधानमन्त्रीको सूचना राख्ने, हटाउने कृयाकलापले सरकार संचालनको गलत प्रकृया प्रमाणितः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले प्रधानमन्त्री कार्यालयको सूचना प्रणलीको बिषयमा प्रश्न उठाएका छन् । केन्द्रीय सदस्य डा कोईरालाले प्रधानमन्त्री कार्यलयले सामाजिक संजालमा सार्बजनिक चासोको सुचना राख्ने, अपडेट गर्ने अनि हटाउॅने कृयाकलापले संसारमा कतै नहुने दुर्लभ घट्ना यहीं हुँदोरहेछ भन्ने देखाएको उनको टिप्पणी छ । नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारको यस प्रकारको संचालनलाई गज्जव भनेर डा कोईरालाले ब्यँग्य गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयको सूचना राख्ने, हटाउने कृयाकलापले सरकार संचालनको गलत प्रकृया प्रमाणित भएकेतर्फ संकेत गरेका छन् ।

उनको स्टाटस्ः सरकारको आन्तरिक र बाहृय सुचना प्रणाली कस्तो रहेछ भनेर अहिलेका केही घट्नाले प्रष्ट पारेको छ। प्रम कार्यलयले सामाजिक संजालमा सार्बजनिक चासोको सुचना राख्छ, अपडेट गर्छ अनि हटाउॅछ। मन्त्रीहरु त्यसैको बचाउमा लाग्छन्। संसारमा कतै नहुने दुर्लभ घट्ना यहीं हुदोरहेछ। गजबले सरकार चलिरहेछ धन्य हो।