पु.समाचार

कांग्रेस नेता नेता खड्काको राहत रोकियो, जनाए असन्तुष्टि

चैत्र २९ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व राज्यमन्त्री दिपक खड्काले कोरोना माहामारीका बेला आफ्नो गृहजिल्लामा राहत सामाग्रि लिएर जान लाग्दा रोकिएको प्रति खेद प्रकट गरेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा स्टाटस राख्दै नेता खड्काले संखुवासभाका लागि स्वास्थ्य सम्बन्धि सामग्रीहरु लिएर जान खोज्दा हेलिकप्टर अनुमती नदिइएकोमा घिनलाग्दो राजनीति भएको टिप्पणी ।

उनि कारोना माहामारीको संकटका बेला आफ्ना गृहजिल्ला वासीललाई राहत सामाग्री वितरण गर्न जान लागेका थिए । नेता खड्काले यस अघि भुकमपको बेला पनि आफ्नै खर्चमा हेलिकप्टरमा लगेर राहत आफ्नो जिल्लावासीलाई दिएका थिए ।

कोरोना भाईरस संक्रमणको माहामारीका कारण यतिबेला विश्व संग–संगै देश शोकमग्न छ त्यस अवस्थामा तिनै तहका सरकार लगाएत व्यक्तिगत तथा संस्थागत रुपमा राहत वितरणहरु भईरहेका छन् त्यस अवस्थमा समाजसेवी छवि समेत बनाएका नेता खड्काको राहत रोक्ने कार्यको सामाजिक सञ्जालमा तिब्र बिरोध भईरहेको छ ।

उनको स्टाटस्ः अत्यन्तै गहिरो खेद प्रकट गर्दछु। यसैगरी तयारी गरेको थिए संखुवासभा का लागि स्वास्थ सम्बन्धि सामग्रीहरु, दुर्भाग्य हेलिकप्टर अनुमती दिइएन घिनलाग्दो राजनीति भयो ।।।