-सुरेन्द्र सिटौला – कविता
थाहा छ तिमिलाइ ?
म कति खुसी थिए
जब तिमी गर्भमा आयौ
गर्भ भित्रै जब तिमिले
मेरो खुसिको सपना सजायौ
अन्तहिन खुसीको कोसेली बोकेर
जब तिमी मेरो काखमा रमायौ ।
थाहा छ तिमिलाइ ?
म खुसीले कति पागल थिए
दुधको घुड्की पिउदै
जब तिमिले मेरो हात समायौ
अरु प्राणी भन्दा फरक
मान्छे भएर !
ब्रह्माण्ड भित्र मेरो काखमा
बालक युवा र बृद्धा हुँदै रमायौ ।
ललायित थिए म
तिम्रो पुरुषार्थ हेर्न
तिम्रो पौरखको आम्दानीले
पुरानो सभ्यताको फाटेको बश्त्र फेर्न
तिम्रो वैभवको आनन्दमा
सबै सन्तान खुसिले रमाएको हेर्न
कति आतुर थिए म !
ज्ञान र बिज्ञानको
सम्झौताको स्थाइ मस्यौदा केर्न
ज्ञानको मेलामा रमाएको
तिम्रो फुर्तिलो बिज्ञानको सान हेर्न
बिडम्वना !
नियतवस तिमिले
सम्झौताको परिभाषा फेर्यौ
मानबता हारेको कटु– सत्य
अभिमानको आखाले
टुलु टुलु हेर्यौ ।
फलतः
बिज्ञानको अभिमानलाइ साछी राखेर
बिश्व युद्ध रचायौ
घर र शहरको खुसी ध्वस्त पारेर
असंख्य शरणार्थी शिबिर बनायौ
ज्ञान बेचेर कमाएको सम्पत्ति
यदुबम्शी युद्धमा खन्यायौ
धिकार्छु आज म मेरो गर्भलाइ
जसले मान्छे जन्माउन सकेन
के गर्नेछौ भबिष्यमा तिमिले
उसले मलाइ पहिले भनेन
सुन्छु मृत्यु रमाउने
हजारौ हतियार बनाउदैछौ रे
ब्रह्माण्डमै तिमी औधी गन्हाउदैछौ रे ।
बिछिप्त छु आज म
तिम्रो आत्माकथा सुनेर
सुन्छु !
जब पढाउदैछ बिज्ञानले
हावामा मृत्युको कहर
तिमिलाइ घरभित्रै थुनेर ।