चैत्र २९ काठमाडौं । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजि श्रेष्ठले साँसद विकाश कोषको आवस्यक नभएको दोहोर्याएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता श्रेष्ठले अहिले कोरोनाको सँकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोरोना संक्रमण रोकथाम, नियन्तण तथा पउचार कोषमा राख्नुपर्नेमा जोड दिँदै अबदेखि सांसद विकाश कोषको शिर्षकमा रकम नराख्न सल्ला दिएका छन् ।
संसद विकाश कोषको यस आर्थिक वर्षमा खर्च नभएको पैसालाई कोरोना संक्रमण रोकथाम, नियन्तण तथा पउचार कोषमा तत्काल जम्मा गर्नुपर्नेमा जोड दिएका छन् ।
उनको ट्वीटः मैले पहिले देखि भन्दै आएको छु, साँसद बिकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ । अहिले कोभिड–१९ को सँकटको सन्दर्भमा यसको खर्च नभएको रकम ( ज्यादै कम मात्र खर्च भएको होला) कोभिड –१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं । यो सही छ । निर्णय गरिहालौं ।