सामाजिक सञ्जाल

सरकारको कोरोना विरुद्धको कामको गति ठीक देखिएनः नेता खतिवडा

Ramhari Khatiwada

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले निर्बाचित अंगलाई कमजोर बनाएर अरु कुनै संविधानले नचिनेको समयन्त्र बनाउने प्रस्ताव अहिले बेमौसमी बाजा भएको बताएका छन् । उनले मुलुकभर भएका ६७४३वडामा जनप्रतिनिधिहरु, मेयर उपमेयर, प्रमुख उप-प्रमुखहरुलाई प्रदेश तथा केन्द्र सरकारलाई सकृय बनाएर लानुपर्ने विचार ब्यक्त गरेका छन् । नेता खतिवडाले नेकपा सरकारले जुन गतिमा कोरोना भाइरसको संक्रमणमा काम गर्नु पर्ने हो त्यो गरेको देखिन्न भन्दै सरकारप्रति असन्तोष समेत जनाएका छन् ।

उनको स्टाटस्ः अहिले सरकारले जुन गतिमा कोरोनाभाइरसको विरुद्धकाम गर्नु पर्ने हो त्यो गरेको देखिन्न तर निर्बाचित सरकार तिनै तहमा छ,
६७४३वडामा जनप्रतिनिधिहरु छ्न्,
अहिले त्यसको राम्रो परिचालन आवस्यक छ,
निर्बाचित अंगलाई कमजोर बनाएर अरु कुनै संविधानले नचिनेको समयन्त्र अहिले बेमौसमी बाजा हो।