काठमाडौं । नेकपा नेता तथा निबर्तमान सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले आफूले जसरी प्रश्न उठाउने बित्तिकै राजनीनामा दिने अरु नभएको जिकिर गरेका छन् ।
उनले आफूले एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयोग पुगोस भनेर राजीनामा दिएको दाबी गर्दै सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन् ? भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै अझै म अनैतिक र भ्रष्ट ? भन्दै असन्तुष्टी पोखेका छन् ।
काभ्रपलाञ्चोकबाट निर्बाचित साँसद समेत रहेका नेता बाँस्कोटाले विजय मिश्र भन्ने एकजना ब्यक्तीसँग गरेको कुराकानीको ७० करोडको अनियमीतताको अडियो टेप सार्बजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । बिबादमा पदमा बस्नुभन्दा पद छाड्दा नै अनुसँधानलाई सहज होस् भन्दै राजीनामा दिएको उनले त्यसबेला पनि दाबी गरेका थिए ।
निबर्तमान सञ्चारमन्त्री बाँस्कोटाले आफूले पदमा टाँसिएर छनबिनमा काँडेतार हालेर लौ देखा पाईन हेरौ भनेको भए पो मुखमा रुमाल कोचेर बस्नु। भनेर प्रतिकृया दिएका छन् । उनले छनबिन चलेकैबेला कसैको मिथ्या आरोपमा मैले ल्याप्चेलाई दिनु पर्ने ? भन्ने प्रश्न गरेका छन् । नेता बाँस्कोटाले आफूले भ्रष्टाचार नगरेको दाबी गर्दै, ‘कसैले घसिदिएको विष लाग्दैन, जिऊचिलाउने मात्र हो। लाग्न त पिउनु पर्छ, प्रियजन हो।’ भन्ने उल्लेख गरेका छन् ।
बाँस्कोटाले बिबाद भएपछि २४ घण्टापनि बित्न नपाउँद्यै राजनीनामा दिएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान एबम् रक्षा मन्त्री ईश्वर पोख्रेलले स्वास्थ्य सामाग्री खरिदको बिषयका अनियमीतता भएको भन्दै उठेको प्रश्नको चित्तबुझ्दो उत्तर समेत दिएका छैनन् भन्दै सामाजिक सञ्जालमा प्रतिकृयाहरु आईरहेका छन् ।
नेता बाँस्कोटाले भनेका छन्ः एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयोग पुगोस भनेर राजीनामा दिएँ। सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन !
पछिल्लो स्टाटस्ः पदमा टाँसिएर छनबिनमा काँडेतार हालेर लौ देखा पाईन हेरौ भनेको भए पो मुखमा रुमाल कोचेर बस्नु। छनबिन चलेकैबेला कसैको मिथ्या आरोपमा मैले ल्याप्चेलाई दिनु पर्ने ? घसिदिएको विष लाग्दैन, जिऊचिलाउने मात्र हो। लाग्न त पिउनु पर्छ, प्रियजन हो।