चैत्र, २९ दाङ । कोरोना भाइरसको जोखिमका कारण लकडाउन गरिएपछि ज्याला मजदुरी गरि गुजारा गर्ने विपन्न परिवारको दैनिक कष्टकर बन्दै गएपछि राहत वितरण गर्ने क्रम जारी छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० को झारबैरा र सिस्वानी क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत सहयोग गरिएको छ ।
नेपाली कांग्रेस साविक त्रिपुर नगर कमिटी दाङ नारायणपुरका सभापति दीपक पाण्डे तथा कार्य समितीको समन्वयमा उपमहानगर १० को सिस्वानी र झारबैरा पम्प क्षेत्रमा रहेका १७ घर परिवारलाई शुक्रबार राहत हस्तान्तरण गरिएको छ ।
स्थानीय समाजसेवी युवाहरूको एक समुहले यवा नेता पाण्डेको सक्रियतामा खाद्यान्न सहयोग गरेको हो ।
घोराही १२ हापुर झगरवाकी रिता केसी, घोराही १० नारायणपुरका अशोक शर्मा , घोराही १२ बडहराका पदम बहादुर भण्डारी, शुबादेवी भण्डारी, रोबर बहादुर रावत, महेश लम्साल लगायतको संयुक्त टोलीले संकलन गरेको राहत ती परिवारलाई उनीहरूको घरमै पुगेर वितरण गरिएको हो ।