प्रवास

कोरोना संक्रमणबारे कसैलाई समस्या भएका २४ सै घण्टा सम्पर्क गर्नुस्ः महासचिव शर्मा

काठमाडौं । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ ।

सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ ।

बिहान ०८ देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ०८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घका महासचिव हेमराज शर्माले जानकारी दिए । सङ्घले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ ।