डा. सुरेन्द्र सिटौलाको सुन्दर कविताः नयाँ बर्ष र साम्यबादी कोर्रा
-डा. सुरेन्द्र सिटौला -कविता
यसपालि !
नया बर्षलाइ स्वागत गर्न
पुरानो साम्यबादी आएछ
प्रकृतिको निरपेक्ष अस्तित्व
भित्र भित्रै रमाएछ
वातावरणको कोयलीले
स्वागत गीत गाएछ
उसको आगमनमा
बसन्तको खुसी रमाएछ ।
तर !
सामन्तको रगतमा
साम्यवाद जन्माउने
नयाँ मार्क्सवादी डराएछ
नाफा नोक्सानको हिसाबमा
मानव सभ्यता नचाउने
लोकतन्त्रबादीले
पराजयको गीत गाएछ
बिगत बर्षहरु भन्दा फरक
यसपालि
नया बर्षलाइ स्वागत गर्न
जात धर्म लिङ्ग वाद र छेत्र नछुट्टिएको
पुरानो साम्यबादी आएछ ।
बिगतका दशकौं नयाँ बर्षहरुमा
प्रकृतिलाइ लुटेर म रमाउथे
उसलाइ कुटेर मेरो खुसी समाउथे
उसलाइ चुसेर
मेरै मुक्तिको गीत गाउथे
उ कहिल्यै ऐया भन्दैनथ्यो
मेरो हैकम सग निरपेक्ष उ
किन किन रिसाएछ
रिसको आबेगमा यसपालि
नया बर्षलाइ स्वागत गर्न
पुरानो साम्यबादी पठाएछ ।
पुरानो साम्यबादी !
सिमा बिहिन राज्य
ब्रह्माण्डिय साम्राज्यमा राज गर्छ
जहाँ शाषक र शोषित हुदैनन
अनि शोषक र शोषित अस्तित्वमा रहदैनन
अद्वैत अस्तित्वको हिमायती उ
साम्यबादी सुन्य सिधाान्तमा रमाउछ
लुटेरा हत्यारा सामन्त र नाफाखोर विरुद्ध
चुप चाप मृत्यु दण्डको फैसला गरेर
ब्रह्माण्डको साम्राज्यमा
बिजय उत्सब मनाउछ ।
उसको अदृश्य उपस्थितिमा
चराचर प्रकृति रमाएको देखेर
निकै शताब्दी पछि
पुरानो साम्यबादीले
समुल मुक्तिको गीत गाएछ
मान्छेको अभिमानी दम्भलाइ परास्त गर्न
प्रकृतिको स्वाभिमानी कोरराले
मृत्यु ब्युझाउदा
अस्तित्वको निरपेक्ष साम्यबादी दर्शन
आफैँमा भित्र भित्रै रमाएछ ।
मलाइ थाहै नदिइ
यसपालि सुटुक्क
नया बर्षको स्वागतार्थ
प्राकृतिले नयाँ गीत गाएछ
उसैको निमन्त्रणामा
साम्यबादी कोररा हातमा बोकेर
मृत्युलाइ हौस्याउदै
नयाँ बर्षलाइ स्वागत गर्न
हाम्रो घर आगनमा
पुरानो साम्यबादी आएछ ।