बैशाख १ काठमाडौं । चीनको उहानबाट फैलिएको प्राणघातक भाईरस कोरोना संक्रमित उपचारपछि ४ लाख भन्दा वढी निको भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ४ लाख २३ हजार ४ सय जना उपचारपछि निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट गएको २४ घन्टामा ५३ सय ९६ जनाले गुमाएका छन् ।
यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वर १ लाख १४ हजार २ सय ८ पुगेको छ । गएको २४ घन्टामा विश्वभर ७१ हजार ७ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार संक्रमितको संख्या १८ लाख ५१ हजार ५ सय ७८ पुगेको छ । यो आज बिहान ७ बजेसम्मको तथ्यांक हो ।
गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा १५ सय २४ जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार र संक्रमितको संख्या ५ लाख ६० हजार नाघेको छ । त्यहाँ हिजो एकै दिन २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यसको संक्रमणबाट अहिलेसम्म सबैभन्दा धेरै मृत्यु र संक्रमण अमेरिकामा भएको छ ।
अमेरिकापछि गएको २४ घन्टामा युकेमा धेरैको मृत्यु भएको छ। त्यहाँ ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ मृतकको संख्या १० हजार ६ सय १२ पुगेको छ । त्यसैगरी स्पेनमा ६०३ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ हजार नाघेको छ ।
फ्रान्समा आइतबार ५६१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृतकको संख्या १४ हजार ३ सय ९३ र संक्रमितको संख्या १ लाख ३२ हजार ५९१ पुगेको छ । त्यसैगरी इटालीमा आइतबार ४ सय ३१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या १ लाख ५६ हजार नाघेको छ भने मृतकको संख्या १९ हजार ८ सय ९९ पुगेको छ।
त्यसैगरी आइतबार बेल्जियममा २५४, जर्मनीमा १५१, इरानमा ११७, टर्कीमा ९७, नेदरल्यान्डसमा ९४, स्वीटजरल्यान्डमा ७०, ब्राजिलमा ८३, क्यानाडामा ६४, फिलिपिन्समा ५०, इन्डोनेसियामा ४६, मेक्सिकोमा ४० जनाको मृत्यु भएको छ । छिमेकी देश भारतमा आइतबार एकै दिन कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ । अर्को छिमेकी देश चीनमा भने आइतबार कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएनन् ।