पु.समाचार

नेपालका कम्युनिष्टको खोल ओढेका आसेपासेले फोहरी चरित्र उदांगो पारेः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ सालको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिँदै डा भट्टराईले कोरोनाले विश्वका शक्तिशाली देशहरूलाई समेत घुँडा टेकाएको भन्दै उक्त महामरीबाट चाँडै छुट्कारा मिलोस भन्ने कामना  गरेका छन् ।

उनले कोरोनाको माहामारीले नेपालमा कम्युनिष्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदांगो पारेको टिप्पणी गरेका छन् । उनले ट्वीटमा यस्तो लेखेका छन्ः ७ अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन्ः डबल ७७ महाउथलपुथलकारी हुनसक्छः स्वागत गरौं !

 

उनको ट्वीटः भर्खरै विसं२०७६ विदा भएर२०७७ शुरू भएको छ १२०७६ले COVID-19 मार्फत् विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको छ भने नेपालमा कम्युनिष्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदांगो पारेको छ ! ७अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन्ः डबल ७७ महाउथलपुथलकारी हुनसक्छः स्वागत गरौं !