पु.समाचार

रवीन्द्रको शुभकामनाः भन्छन्,‘भ्रष्टाचारीहरुमा सद्बुद्धि पलाओस्, सुशासन प्रवर्धन होस्’

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नयाँ बर्ष २०७७ मा भ्रष्टाचारीहरुमा सद्बुद्धि पलाओस्, सुशासन प्रवर्धन होस् भन्ने फरक शुभकामना दिएका छन् । उनले टवीट गर्दै संसारभरीका मानिस – कोरोना महामारीले ल्याएको मृत्यु, पीडा, त्रास, बन्दाबन्दीबाट मुक्त भएर उन्मुक्तिका साथ जिउँन सकौँ भन्ने आग्रहसहित मुलुकको ब्यापक भ्रष्टाचारप्रति चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्ष खुशी, उर्जा, अनुकूलता र सकारात्मकताले पूर्ण होस्

उनको ट्वीट्ः नयाँ वर्ष २०७७को हार्दिक शुभकामना! ‍हामी सबै – र संसारभरीका मानिस – कोरोना महामारीले ल्याएको मृत्यु, पीडा, त्रास, बन्दाबन्दीबाट मुक्त भएर उन्मुक्तिका साथ जिउँन सकौँ। नयाँ वर्ष खुशी, उर्जा, अनुकूलता र सकारात्मकताले पूर्ण होस् ! भ्रष्टाचारीहरूमा सदबुद्धी पलाओस्, सुशासन प्रवर्धन होस् !