बाग्मती

टोखा उद्योग बाणिज्य संघ र ह्यान्ड नेपालले ब्लड डोनेशन कार्यक्रम गर्दै

काठमाडौं । नोबेल कोरोना भाइरसका रोकथाम तथा नियन्त्रणको लागी सरकारले देशैभर लगाएको लकडाउनका कारण देशभर रगतको अभाव भएको छ ।

राजधानी काठमाडौंका विभिन्न अस्पताल लगायत देशभर भएको रगतको अभावलाई मध्यनजर गर्दै टोखा उद्योग बाणिज्य संघ र ह्यान्ड नेपालको संयुक्त आयोजनामा ब्लड डोनेशन कार्यक्रम गरिने भएको छ ।

टोखा बाणिज्य संघले जारी गरेको सुचना अनुसार मंगलबार बिहान ११ बजेदेखि इशान बाल अस्पताल अगाडी बसुन्धारामा उक्त कार्यक्रम गरिने भएको छ ।

लकडाउनका समयमा कोहि पनि बाहिर ननिस्कने भएकाले इच्छुक व्यक्तिहरुलाई ब्लड डोनेशनका लागि संघले अनुरोध गरेको छ ।

जसका लागि टोखा उद्योग बाणिज्य संघका प्रवक्ता रघुनाथ पनेरू र ह्यान्ड नेपालका सदस्य सतिस गौतमको नम्बर जारी अपिल पत्रका राखिएको छ ।