सामाजिक सञ्जाल

डा भट्टराइको प्रश्नः सम्पत्ति नहुने नेताहरुले विलासी जिवन/महंगो चुनावी खर्च कसरी गर्छन ?

बैशाख १ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले आफ्नो तलबको पैसा कोरोण कोषमा जम्मा गर्ने बताएपछि पुर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले ओलीले आफ्नो तलब भत्ता पुरै त्याग्ने घोषणा गर्नु राम्रो भएपनि आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुने बताउनुहरुको विलासी रहन–सहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि भन्दै कडा प्रश्न गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठले आफ्नो तलब कोरोना पीडितका लागि खर्चगर्ने घोषणा गरका छन् ।

उनको ट्वीटः प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलबर भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो । त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद र सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?