पु.समाचार

संग्रौलाको टिप्पणीः स्वास्थ्य सामाग्री खरिदका भ्रष्टलाई प्रधानमन्त्री कै संरक्षण !

काठमाडौं । बुद्धिजीवी खगेन्द्र संग्रौलाले ‘एक लाख वा त्यसमुनिको रकमसहित रंगेहात पक्राउ परेकालाई तीन साता हिरासतमा राखेर सास्ती दिइरहेको अख्तियारले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नहरूसँग भने सोधपुछसमेत गरेको छैन।’ किन? भन्ने कान्तिपुरको प्रश्नमाथी कडा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताधिपतिको सँज्ञा दिँदै उनले नै भ्रष्टाचारको आरोप लागेका स्वास्थ्य सामाग्री खरिदकर्तालाई संरक्षण दिएको बताएका छन् ।

बुद्धिजीवी संग्रौलाले प्रधानमन्त्री ओलीले नै संरक्षण दिएपछि कसको के लाग्छ र ? अब कुरो सकियो भन्दै ब्यंग्य गरेका छन् । उनले कान्तिपुरको प्रश्नसहित आफ्नो टिप्पणी सामाजिक सञ्जालमा राखेका छन् ।
कोरोना भाईरस संक्रमणको माहामारीको समयमा स्वास्थ्य मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री खरीद गरि ल्याउँदा करोडौं घोटाला हुँदा पनि उक्र भ्रष्टाचारको बिषयमा अख्तियार दुरुपयोग अनुसँधान आयोगले प्रश्न समेत सोधेको छैन । संग्रौलाले भ्रष्टलाई प्रधानमन्त्रीले नै काखी च्यापेको भन्दै उनले संरक्षण दिएको बताएका छन् ।

बुद्धिजीवी संग्रौलाको स्टाटस्ः
‘एक लाख वा त्यसमुनिको रकमसहित रंगेहात पक्राउ परेकालाई तीन साता हिरासतमा राखेर सास्ती दिइरहेको अख्तियारले स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्नहरूसँग भने सोधपुछसमेत गरेको छैन।’ किन?
(कान्तिपुर
टिप्पणी– सत्ताधिपति ओली सर स्वयंले संलग्नहरूलाई काखी च्यापेपछि सकियो त कुरो !