सामाजिक सञ्जाल

प्रोत्साहन स्वरुप कृषकलाई क्षतिपुर्ति दिन प्रदिप पौडेलको माग

बैशाख २ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले कोरोना माहामारीका कारण कृषि क्षेत्रमा ठुलो क्षती भएकोमा कृषकलाई क्षतिपुर्ति दिने ब्यबस्था किन हुदैन भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता पौडेलले उपभोग्य बस्तुको अभाव हुँदापनि कोरोनाका कारण कृषकहरू आफ्नो उत्पादन नष्ट गर्न बाध्य भएको बताएक छन् ।

उनले कृषि पेशालाई प्रोत्साहन दिएर आत्मनिर्भर हुनुपर्ने अबको आबश्यकता हो तर यस्तो बिपत र अभाबमा सरकार उत्पादिन सामाग्रीको बजार ब्यबस्थापन गरेर नष्ट हुनबाट किन रोक्न सक्दैन ? भन्दै सरकारलाई खरो प्रश्न गरेका छन् ।

उनको ट्वीटः उपभोग्य बस्तुको अभाव छ तर कृषकहरू आफ्नो उत्पादन नष्ट गर्न बाध्य छन् । कृषि पेशालाई प्रोत्साहन दिएर आत्मनिर्भर हुनुपर्ने अबको आबश्यकता हो तर यस्तो बिपत र अभाबमा सरकार उत्पादिन सामाग्रीको बजार ब्यबस्थापन गरेर नष्ट हुनबाट किन रोक्न सक्दैन ? कृषकलाई क्षतिपुर्ति दिने ब्यबस्था किन हुदैन ?